२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्रीन भेन्चर्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

images

  • २०८१ पुस ११, बिहीबार
  • 1.4K
    SHARES
  • ग्रीन भेन्चर्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

    काठमाडौं : ग्रीन भेन्चर्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन हो। कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। भोलि (शुक्रबार) र पर्सि (शनिबार) नेप्से बन्द रहने भएकाले, आजसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

    कम्पनीले चालु आर्थिक वर्षका लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे सभा आयोजना गरिनेछ।

    लाभांश सुरक्षित गर्न इच्छुक सेयरधनीले आजको दिनसम्म सेयर खरिद प्रक्रिया पूरा गर्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ