२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विभान्ता र हिमाल डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

images

  • २०८१ पुस ११, बिहीबार
  • 1.4K
    SHARES
  • विभान्ता र हिमाल डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

    काठमाडौं : काठमाडौंको विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलले प्रभु बैंकका ग्राहक र कर्मचारीलाई दन्त सेवामा विशेष छुट दिने भएका छन्।

    काठमाडौं महानगरपालिका, वडा नं २८, कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि र वडा नं ०४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालिबीच प्रभु बैंक लिमिटेडसँग सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन्।

    सम्झौतामा विभान्ता र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सबिन राणाले हस्ताक्षर गरेका छन्।

    ग्राहकहरूले यी छुट सुविधा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका सेवा केन्द्रहरूमा लिन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ