२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शुक्रबार साँझदेखि पश्चिमी प्रणालीको प्रभाव: यी स्थानमा हुनेछ वर्षा र हिमपात

images

  • २०८१ पुस १२, शुक्रबार
  • 1.9K
    SHARES
  • शुक्रबार साँझदेखि पश्चिमी प्रणालीको प्रभाव: यी स्थानमा हुनेछ वर्षा र हिमपात

    काठमाडौँ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार साँझदेखि नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्दैछ। यस प्रणालीको कारण देशका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ।

    महाशाखाले जानकारी दिएअनुसार, शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनेछ। गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा पनि हिमपात हुने सम्भावना छ।

    सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा भने हल्का वर्षा हुने अपेक्षा गरिएको छ।

    यस प्रणालीको कारणले तापक्रम घट्न सक्ने र चिसो बढ्न सक्ने सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्। मौसमविद् विनोद पोखरेलले शनिबार देशका अधिकांश भूभागमा हल्का वर्षा हुने सम्भावना औँल्याएका छन्।

    महाशाखाले जनजीवन, स्वास्थ्य, पर्वतारोहण तथा हवाई/सडक यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई आग्रह गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ