२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नियम उल्लङ्घनमा राष्ट्र बैंकको कडा कदम: तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

images

  • २०८१ पुस १२, शुक्रबार
  • 2.0K
    SHARES
  • नियम उल्लङ्घनमा राष्ट्र बैंकको कडा कदम: तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ। खारेज गरिएका कम्पनीहरूमा नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालि रहेका छन्। राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३(५) अनुसार यी कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो।

    राष्ट्र बैंकका अनुसार, यी कम्पनीहरूसँग लेनदेन गरेका व्यक्ति वा संस्थाले ३५ दिनभित्र लिखित रूपमा जानकारी दिनुपर्नेछ। सो अवधि भित्र कुनै दाबी नआएमा कम्पनीहरूको बैंक जमानत स्वतः फुकुवा हुने स्पष्ट गरिएको छ। साथै, दाबी गरेमा बैंक जमानतभित्रको रकमसम्म मात्र हिसाब हुने प्रावधान रहेको राष्ट्र बैंकले जनाएको छ।

    लाइसेन्स खारेजको कारणबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि राष्ट्र बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता र नियमनको पालना नभएमा कडा कदम चाल्ने आफ्नो नीति पुनः दोहोऱ्याएको छ।

    यस कदमले रेमिट्यान्स सेवा क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ। राष्ट्र बैंकले विप्रेषण सेवा प्रदान गर्ने र लिने सबै पक्षहरूलाई सचेत रहनुका साथै नियमानुसार काम गर्न आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ