२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शेयर बजारमा एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा नयाँ सुरुआत, सञ्चालक समितिमा दोस्रो बजारका लगानीकर्ताको वर्चस्व

images

  • २०८१ पुस १२, शुक्रबार
  • 1.5K
    SHARES
  • शेयर बजारमा एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा नयाँ सुरुआत, सञ्चालक समितिमा दोस्रो बजारका लगानीकर्ताको वर्चस्व

    काठमाडौं : नेपालको शेयर बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले नयाँ युगको सुरुआत गरेको छ। कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको एकाधिकार समाप्त गर्दै दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले निर्णायक स्थान पाएका छन्।

    कम्पनीको १२ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिका ६ जना सदस्य निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूमा सीताराम थपलिया, राजीवप्रसाद प्याकुरेल, तिलक कोइराला, विश्वराज नेपाल, र दिनुका पोख्रेल रहेका छन्। दिनुका पोख्रेल महिला सञ्चालकका रूपमा निर्विरोध निर्वाचित भएकी छन्।

    यसका साथै, साधारणसभाले विमलकुमार भट्टराईलाई संस्थापक समूहबाट एकमात्र सञ्चालकका रूपमा चयन गरेको छ। बाँकी सबै सदस्यहरू दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ता हुन्।

    यसअघि कम्पनीको सञ्चालक समितिमा संस्थापकहरूको प्रभुत्व थियो। तर यो साधारणसभाले नयाँ परिवर्तन ल्याउँदै दोस्रो बजारबाट आएका लगानीकर्ताहरूलाई नेतृत्व दिने निर्णय गरेको छ।

    कम्पनीका मुख्य लगानीकर्ता र एनआरएनका पूर्वअध्यक्ष शेष घलेले पनि यस परिवर्तनलाई समर्थन गरेका छन्। यो कदमले कम्पनीलाई थप पारदर्शी, व्यावसायिक र लगानीकर्तामैत्री बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ