२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भूकम्प अपडेट : आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

images

  • २०८० कात्तिक २०, सोमबार
  • 681
    SHARES
  • भूकम्प अपडेट :  आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

    कात्तिक २०, रुकुम पश्चिम : रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।  

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्यु हुनेमा बर्दियाका २ र रोल्पाका १ जना रहेका छन्। उहाँका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन। उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो। त्यस्तै, रुकुम पूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो।

    पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक हुनुहुन्थ्यो। रुकुम पश्चिममा भूकम्पमा परी ३ जना जिल्ला बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ