२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयाघातको कारण निधन

images

  • २०८१ पुस १३, शनिबार
  • 2.4K
    SHARES
  • सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयाघातको कारण निधन

    काठमाडौं : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको शुक्रबार राति हृदयाघातका कारण निधन भएको छ। हृदयाघातपछि उनलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले बचाउन सकेनन्।

    वस्ती २०६५ साल भदौ २२ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। करिब ६ वर्षसम्म अतिरिक्त न्यायाधीशका रूपमा सेवा गरेका वस्तीले २०७० साल चैत २९ मा अवकाश पाएका थिए।

    उनीप्रति श्रद्धाञ्जली अर्पणका लागि हाल उनको पार्थिव शरीर नर्भिक अस्पतालमै राखिएको छ। उनका छोराछोरी अमेरिकामा रहेका कारण आइतबार मात्रै उनको अन्तिम संस्कार गरिने जानकारी सर्वोच्च अदालतका प्रवक्ता अच्युतप्रसाद पुडासैनीले दिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ