२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज नेपाल टेलिकमद्वारा मात्र १ रुपैयाँमै ‘प्रेमगीत ३’ हेर्ने अवसर, कहाँ र कसरी हेर्ने?

images

  • २०८१ पुस १३, शनिबार
  • 2.3K
    SHARES
  • आज नेपाल टेलिकमद्वारा मात्र १ रुपैयाँमै ‘प्रेमगीत ३’ हेर्ने अवसर, कहाँ र कसरी हेर्ने?

    काठमाडौं : नेपाल टेलिकमले आज मात्र एक विशेष अफर अन्तर्गत ‘प्रेमगीत ३’ चलचित्र १ रुपैयाँमै हेर्ने सुविधा उपलब्ध गराएको छ। टेलिकमको आईपीटिभी सेवा एनटीटिभी (NTTV) प्रयोगकर्ताहरूका लागि यो अवसर प्रदान गरिएको हो।

    ग्राहकहरूले एनटीटीभीको मुभी सेक्सनबाट १ रुपैयाँ तिरेर चलचित्र खरिद गर्न सक्छन्। यो चलचित्र एक पटक खरिद गरेपछि, प्रयोगकर्ताले २४ घण्टाभित्र कुनै पनि समयमा हेर्न सक्नेछन्। रकम नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाटै काटिनेछ।

    नेपाल टेलिकमले आईपीटिभी सेवाको प्रवर्द्धनका लागि यसअघि पनि केही चलचित्रहरू प्रदर्शन गरिसकेको छ। यस पटक ‘प्रेमगीत ३’ हेर्न इच्छुक प्रयोगकर्ताले निम्न प्रक्रिया अपनाउनुपर्छ:

    एनटीटिभी एप कसरी डाउनलोड गर्ने?

    एनटीटिभीबाट ‘प्रेमगीत ३’ हेर्ने प्रक्रिया:

    1. एनटीटीभीको मुभी सेक्सनमा जानुहोस्।
    2. ‘वान डे मुभी रूपिज वन’मा क्लिक गर्नुहोस्।
    3. ‘बाई अप्सन’मा क्लिक गरेर आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रविष्ट गर्नुहोस्।
    4. एक रुपैयाँ तिर्नुहोस् (रकम मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ)।
    5. मोबाइल नम्बरमा प्राप्त वन टाइम पासवर्ड (OTP) राखेर प्रमाणीकरण गर्नुहोस्।

    यो सुविधा नेपाल टेलिकमको अप्टिकल फाइबर अन्तर्गत उपलब्ध रहेको छ। टेलिकमले एउटै फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी सेवा एकीकृत रूपमा प्रदान गर्दै आएको छ।

    चलचित्रप्रेमीहरूले यो अफरको उपयोग गरेर मनोरञ्जन लिनुहोस्!

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ