काठमाडौँ : इन्डियन प्रिमियर लिग २०२३ को ६१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।
यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । एम ए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा चेन्नाईले प्रस्तुत गरेको १४५ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
कोलकाताको जितमा कप्तान नितिश कुमारले ४४ बलमा ६ चौका र १ छक्कासहित ५७ रन र रिन्कु सिंहले ५४ रन बनाएका थियो ।
जितपछि कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ भने चेन्नाइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै छ ।



