२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, कुनको कति?

images

  • २०८१ पुस १४, आइतबार
  • 1.8K
    SHARES
  • सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, कुनको कति?

    काठमाडौं : आज ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो जसमा ३ लघुवित्त वित्तीय, १/१ बाणिज्य  बैंकर जलविद्युत कम्पनी तथा २ विकास बैंक रहेका छन्।  यस कम्पनीहरूले पुस १६ गते बुक क्लोज गरेका छन् जसमा आजसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् किनकि भोलि पुस १५ गते सार्वजनिक बिदा रहेको छ।

    लाभांश वितरण गर्ने कम्पनीहरू र विवरणहरू यस प्रकार छन्:

    १. जीवन विकास लघुवित्त वित्तीय संस्था

    • लाभांश: १४% बोनस शेयर र ०.७३६८% नगद लाभांश (करसहित)
    • साधारण सभा: पुस २८ गते, बिहान १०:३० बजे, कटहरी–२, मोरङ

    २.छिमेक लघुवित्त वित्तीय संस्था

    • लाभांश: ८% बोनस शेयर र ७% नगद लाभांश (करसहित)
    • साधारण सभा: पुस २९ गते, बिहान ११ बजे, होटल सामना, हेटौंडा

    ३. आत्मनिर्भर लघुवित्त वित्तीय संस्था

    • लाभांश: १४.२५% बोनस शेयर र ०.२५% नगद लाभांश (करसहित)
    • साधारण सभा: पुस २९ गते, बिहान ११ बजे, होटेल माला ईन, घोराही, दाङ

    ४. चिलिमे जलविद्युत कम्पनी

    • लाभांश: १०% बोनस शेयर र २% नगद लाभांश (करसहित)
    • साधारण सभा: पुस २८ गते, बिहान ११ बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं

    ५. कृषि विकास बैंक

    • लाभांश: ३% बोनस शेयर र ७.५३% नगद लाभांश (करसहित)
    • साधारण सभा: पुस २९ गते, बिहान ११ बजे, केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुर

    ६. मितेरी डेभलपमेन्ट बैंक

    • लाभांश: ९.५०% बोनस शेयर र ०.५०% नगद लाभांश (करसहित)
    • साधारण सभा: पुस २७ गते, बिहान ११ बजे, सुनसरी उद्योग वाणिज्य संघ, धरान–१

    ७.

    महालक्ष्मी विकास बैंक

    • लाभांश: ३% बोनस शेयर र ४% नगद लाभांश (करसहित)
    • साधारण सभा: पुस २९ गते, बिहान १० बजे, एलिस रिसेप्सन, सुबर्ण शम्शेर मार्ग, काठमाडौं

    शेयरधनीहरूले आजैको मिति भित्र आफ्नो शेयरहरू सुरक्षित गरी लाभांशको लागि योग्य बन्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ