कात्तिक २०, काठमाडौं : आज सोमबार सुनको भाउ सामान्य रुपैयाँ घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार १ लाख १५ हजार ९०० रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो।
यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँ तोकिएको थियो।
यता चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।



