२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बिहान उठ्ने बित्तिकै फोन चलाउनुहुन्छ? सावधान! यी समस्या निम्तिन सक्छन्

images

  • २०८१ पुस १४, आइतबार
  • 2.3K
    SHARES
  • बिहान उठ्ने बित्तिकै फोन चलाउनुहुन्छ? सावधान! यी समस्या निम्तिन सक्छन्

    काठमाडौं : आजकल स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ। कुनैपनि काम स्मार्टफोन बिना सम्पन्न हुँदैन जस्तो लाग्ने आजको समयमा धेरै मानिसको बिहान उठ्ने बित्तिकै फोन हेर्ने बानी बनेको छ। तर यो बानीले हाम्रो स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।

    बिहान उठ्ने बित्तिकै स्मार्टफोन चलाउने बानीले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। यस बानीका कारण हुनसक्ने समस्याहरु यस्ता छन्:

    १. निद्राको गुणस्तर बिग्रिने

    बिहान फोन चलाउँदा हाम्रो दिमाग अचानक सक्रिय हुन्छ। यो अवस्थाले मस्तिष्कका स्नायुमा दबाब सिर्जना गर्छ। लगातार यस्तो बानीले निद्रा गहिरो नहुने, थकान महसुस हुनेजस्ता समस्याहरु निम्त्याउँछ।

    २. उच्च तनाव

    फोन खोल्ने बित्तिकै आउने समाचार, सोसल मिडियाका पोस्ट र नोटिफिकेसनले हाम्रो मस्तिष्कमा तनाव बढाउँछ। विशेषगरी नकारात्मक खबरले मानसिक शान्ति भंग गरेर दिनभरको मनस्थिति बिगार्न सक्छ।

    ३. उत्पादनशीलता घट्ने

    बिहानको समय अत्यन्त उपयुक्त हुन्छ दैनिक योजना बनाउने र कार्यक्षमता बढाउने। तर, फोनमा समय खर्च गर्दा ध्यान भंग हुन्छ र उत्पादनशीलता घट्छ। यसले समयको दुरुपयोगमात्र होइन, कामप्रतिको उत्साहमा पनि कमी ल्याउँछ।

    ४. आँखाको समस्या

    स्मार्टफोनको निलो प्रकाश (ब्लु लाइट) आँखाको लागि हानिकारक हुन्छ। बिहान फोन चलाउँदा आँखामा जलन, सुन्निने र धमिलोपनजस्ता समस्या उत्पन्न हुन सक्छ।

    बिहानको समय उपयोगी बनाउन सुझाव:

    • योगा र ध्यान: दिमागलाई शान्त र सकारात्मक बनाउँछ।
    • व्यायाम: शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ।
    • पढाई वा योजना बनाउने: दिनभरको कार्यसूची बनाउन समय प्रभावकारी हुन्छ।

    स्मार्टफोन प्रयोगलाई समयमै सीमित नगरे यसले हाम्रो स्वास्थ्य, मानसिक शान्ति र जीवनशैलीमा दीर्घकालीन प्रभाव पार्न सक्छ। त्यसैले बिहान उठ्ने बित्तिकै स्मार्टफोन चलाउनुको साटो आफूलाई शारीरिक र मानसिक रुपमा सुदृढ बनाउन ध्यान दिन आवश्यक छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ