काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। देशका पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने अन्य अधिकांश स्थानहरूमा मौसम सफा रहने सम्भावना छ।
तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने चेतावनी दिइएको छ।
महाशाखाले विशेषगरी बिहानको समयमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



