२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

देशभरको आजको मौसम: हुस्सु/कुहिरोले जनजीवन प्रभावित हुने संकेत

images

  • २०८१ पुस १६, मंगलबार
  • 1.4K
    SHARES
  • देशभरको आजको मौसम: हुस्सु/कुहिरोले जनजीवन प्रभावित हुने संकेत

    काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    अहिले बिहान नेपालको तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो छाएको छ भने अन्य भूभागमा मौसम प्रायः सफा रहेको छ। मंगलबार दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा आंशिक बदली हुने सम्भावना रहेको छ। देशका अन्य स्थानमा मौसम खुला नै रहने महाशाखाले जनाएको छ।

    आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु/कुहिरो लाग्न सक्ने सम्भावना छ। यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात र हवाई उड्डयनमा असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ