काठमाडौँ : कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्बजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २७ करोड ५७ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ। तर, यस नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.२० प्रतिशतले कमी आएको छ। गत वर्ष यस अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको सञ्चालन मुनाफा ५१.६९ प्रतिशतले घटेर ७२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घट्दै ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्जमा पनि वृद्धि भएको छ। गत वर्षको २ अर्ब ७६ करोड ६० लाख रुपैयाँबाट बढेर यस वर्ष ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५१ पैसाले घटेर २ रुपैयाँ १० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ तथा खराब कर्जा ६.९६ प्रतिशतमा पुगेको छ।
बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ। तर, वितरणयोग्य मुनाफा भने ६ अर्ब ४७ करोड रुपैयाँ ऋणात्मक रहेको छ।



