काठमाडौँ : टिकटोकर मनोहरले हालै नेपाल र युएईको करको दर प्रतिशत को तत्थाङ्क तुलना गरेका छन्। जसमा नेपालमा भन्दा युएईमा करका दर अत्यन्तै न्यून देखिन्छ। के बढी कर लगाएर देश सम्पन्न हुने हो त ? होइन रहेछ।
युएईको जनसङ्ख्या ११ मिलियन ६.११ मिलियन जनतालाई अत्यधिक कर लगाएर युएईधनी भएको होइन। उसले त्यहाकाे प्राकृतिक स्रोत को अत्यधिक सही उपयोग गर्याे । भ्रष्टाचार गर्न दिएन।
उधारो कारोबार गैर कानुनी बनायो। उसले वैदेशिक लगानी विभिन्न कर छुट गरेर भित्र्यायो। फलस्वरूप आज विश्वको एक धनी राष्ट्र बन्न पुग्यो। हामी नेपालीहरू त्यस्ता देशमा मजदुरका रूपमा जान बाध्य परियो।
जनता बाट अत्यधिक कर लिएर हामी नेता पाल्ने थाल्यौ । अनावश्यक अत्यधिक सरकारी भवनहरू बनाउन थाल्यौँ। सरकारी भवन कस्तो बन्यो यो नेपाली जनताको विषय होइन ,सेवा कस्तो पायो यो मुख्य विषय हो।जनताकारबाट हाम्रा कहलिएका नेता, अर्थशास्त्री, कथित विशिष्ट पदका कर्मचारीहरू पहिला सरकारी भवन, आफ्ना निजी भवन , बैक मौज्दात बिस्तार गर्न लाग्यौ। फलस्वरूप देश , ९५ % जनता कङ्गाल बनायौ।
हुनुपर्ने के थियो भने हामीले पनि हाम्रो देशमा रहेका प्राकृतिक स्रोत हरूको अधिक उपयोग गर्ने नीति लिनु पर्ने थियो। लगानी ती क्षेत्रमा बिस्तार गर्नु पर्ने थियो। नेपालको सुदूरपश्चिमलाई स्वीटजरल्याण्ड जस्तै सुन्दर बनाउन सकिने थियो, पर्यटकीय विकास गरेर। नदीनाला बाट अत्यधिक बिद्युत् उत्पादन गरेर आणविक भट्टी बाट बिद्युत् निकाली रहेका देशहरू लाई बेचेर खर्बौँ राजस्व जम्मा गर्न सकिन्थे।
तर हामी हो नीति बनाउने ठाउँमा पुगेका छौ, पहिला आफ्नो कुर्सी बलियो र भव्य बाउन लाग्यौ। अहिले बनिरहेको ६ अर्बको संसद् भवन १० वर्ष पछि बनाएको भए पनि हुने थियो। संसद् भवन राम्रो र भव्य भएर कानुन राम्रो बन्ने होइन। अहिलेको बानेश्वरकाे भवन बाट नै काम गर्न सकिन्थे। जसलाई तिर्ने भेडा सरकार कै अर्को खातामा सर्ने हो खर्च हुने होइन।जस्तो कि एउटा व्यक्ति ले आफ्नो दाया पकेट को पैसा बाया पकेटमा सारे जस्तै। अनि ७५ % अनुपस्थित हुने सांसद लाई किन अर्बौँ को भवनको प्राथमिकता? किन ३ अर्बको भवन काठमान्डु मा मुख्य मन्त्री २ दिन काठमाडौँमा आउँदा? अहिलेको जमाना मा online,live गरेर काम गर्न सक्छन् नि । अनि विकेन्द्रीकरण को लागि सङ्घीयता बनाउने , फेरी किन केन्द्रमा अर्बौँ को लगानी अनुत्पादक क्षेत्रमा ?
जनताका हरेक पालामा लिइएका अत्यधिक कर के यस्तै अनुत्पादक क्षेत्रमा लगानी गर्न हो? किन र कसय युएईले थोरै कर बाट पनि देश विश्वको सम्पन्न देश बनायो त? के नेपाली जनता युएईका जनता भन्दा धनी हुन? विचारणीय छ।



