२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल चेम्बर एक्स्पो २०२५

माघ १७ गतेदेखि पाँच दिने नेपाल चेम्बर एक्स्पो २०२५ भृकुटीमण्डपमा हुँदै

images

  • २०८१ माघ १५, मंगलबार
  • 936
    SHARES
  • माघ १७ गतेदेखि पाँच दिने नेपाल चेम्बर एक्स्पो २०२५ भृकुटीमण्डपमा हुँदै

    काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना हुँदैछ। अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई परियोजना सहित माघ १७ देखि २१ सम्म भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा नेपाल चेम्बर एक्स्पो २०२५ मेला हुँदैछ।

    चेम्बर मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताउनुभयो। नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवाल बताउँछन् ।

    सूचना प्रविधिको विकाससंगै चेम्बर एक्स्पोको आकर्षणका रुपमा यो वर्ष सफ्टवेयर र एआई परियोजना स्टलका रुपमा रहनु सबैभन्दा महत्वपुर्ण रहेको अध्यक्ष अग्रवालले बताएका छन् ।


    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो । नेपालको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा विकास गरिनुपर्ने चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको जोड छ ।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्ने बताउनुभयो।

    क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।

    उनकाअनुसार ५ दिनसम्म चल्ने एक्स्पो ५० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यस पटक आईटी उत्पादनलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

    विगतमा झैं यसवर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, रसद, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन, खाना र दुग्ध उत्पादनहरू आदी सामग्रीको प्रदर्शनीले आगन्तुकका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।

    चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायत देशमा उत्पादित वस्तु प्रर्दशनी र व्यवसायीले सहभागिता जनाउने छन् । स्वदेशी र विदेशी गरी २ सय भन्दा बढी स्टलहरू एक्स्पोमा राखिनेछन् । ५ दिन चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने चेम्बरको अनुमान छ ।

    चेम्बर मेलामा व्युटी पार्टनरको रुपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रुपमा वल्र्ड लिङक, तथा एजुकेशन पार्टनरका रुपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन ।

    अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ ।

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ