२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अबदेखि फोनपे बिल्स मार्फत् बीमाकाे प्रिमियम तिर्न सकिने

images

  • २०८१ माघ २१, सोमबार
  • 816
    SHARES
  • अबदेखि फोनपे बिल्स मार्फत् बीमाकाे प्रिमियम तिर्न सकिने

    काठमाडौँ : फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिंग एप मार्फत बीमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १००% क्याशब्याक जित्ने अवसर प्रदान गर्न एक रोमाञ्चक अभियान सुरु गरेको जनाएको छ।

    यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १००% क्याशब्याक (रु. १५,००० सम्म) प्राप्त गर्ने छन्। यो अभियान माघ ३० सम्म चल्ने कम्पनीको भनाइ छ ।

    यो योजनामा सहभागी हुनका लागि, ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ। सफल भुक्तानी पछि उनीहरू स्वतः लकी ड्रा को लागि योग्य हुने र १००% क्याशब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    सहभागीता कसरी गर्ने:


    १. आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस्
    २. “फोनपे बिल्स” वा “अनलाइन भुक्तानी” सेक्सनमा जानुहोस्
    ३. उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये “बीमा” विकल्प छान्नुहोस्
    ४. आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस्
    ५. भुक्तानी पुष्टि गर्नुहोस्

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ