काठमाडौँ : पछिल्लो समय सुनको मूल्य उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ।
यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ say रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो दिन सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि सामान्य बढेको छ । बुधबार तोलामा १ हजार ९ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



