काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्सद्वारा लाभांष घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न २८.४ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा २६.९८ प्रतिशत बोनस शेयर र १.४२ प्रतिशत नगद लाभांश रहेको छ।
कम्पनीको सञ्चालक समितिले फागुन ८ गतेको बैठकमा उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीले चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी आठौं वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सिटिजन लाइफले चुक्ता पुँजीकाे ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।



