२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ निष्काशन गर्ने, क-कस्ले दिन पाउछन् आवेदन ?

images

  • २०८१ फागुन ९, शुक्रबार
  • 751
    SHARES
  • पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ निष्काशन गर्ने, क-कस्ले दिन पाउछन् आवेदन ?

    काठमाडौँ : पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

    कम्पनीले पहिलो चरणको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पुँजीको २ प्रतिशत  स्थानीय बासिन्दा तथा १८ प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। 

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। यसमा न्यूनतम १० कित्ता देखि अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् जसका लागि बाँके जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    यसका लागि आवेदन दिने फागुन २० देखि अवधि चैत ५ गतेसम्म रहेको छ। तर, पर्याप्त आवेदन नपरेको खण्डमा यो प्रक्रिया चैत २० गतेसम्म लम्बिन सक्छ। 

    यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका लागि १ लाख ४४ हजार कित्ता साधारण शेयर लागि निष्काशन गर्न लागेको हो। यसमा न्यूनतम १० कित्ता देखि  अधिकतममा ७ हजार २ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसको लागि आवेदन दिने फागुन २० देखि  अवधि चैत ५ गतेसम्म रहेको छ। 

    स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र बिपी चोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ