काठमाडौँ : नेपाल एसबीआई बैंक कर्पोरेट क्लबद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधातर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ ।
उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौंदेखि गरेको महत्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलाई प्राडा फत्तबहादुर केसी, मुख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा उक्त अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक समेतको उपस्थिति थियो । नेपाल एसबीआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।



