२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आजबाट सर्वसाधारणले आवेदन दिन सकिने

images

  • २०८१ फागुन २२, बिहीबार
  • 1.0K
    SHARES
  • क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आजबाट सर्वसाधारणले आवेदन दिन सकिने

    काठमाडौँ : क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आफ्ना साधारण लगानीकर्ताहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन खुला गरेको छ। 

    कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरिसकेको थियो।यस आईपीओमा अब सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीले जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरिरहेको छ, जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता, कर्मचारीहरूका लागि ६७ हजार ५ सय कित्ता, र सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता छुट्याइएको छ।

    आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयर खरिद गर्न सकिन्छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिन्छ। साथै, मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था छ। आवेदन छिटोमा फागुन २६ गते बन्द हुन सक्छ, तर यदि सबै सेयर बिक्री नभए, ढिलोमा चैत ७ गतेसम्म खुला रहनेछ।

    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई केयर रेटिङ नेपालले ‘इक्रा एनपी आईआर डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई मध्यम रूपमा सुरक्षित रहेको जनाउँछ। यस आईपीओको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ