काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ जसमा अमेरिकी डलरको भाउ घटेको छ। पछिल्ला तीन दिनदेखि अमेरिकी डलरको मूल्य निरन्तर ओरालो लागेको छ भने युरो र पाउन्डको दर वृद्धि भइरहेको छ।
आज अमेरिकी डलर १ को खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो दर क्रमशः १३९.३३ रुपैयाँ र १३९.९३ रुपैयाँ रहेको थियो भने अस्ट्रेलियन डलरको खरिददर ८७.१८ रुपैयाँ र बिक्रीदर ८७.५६ रुपैयाँ रहेको छ, जुन हिजोको तुलनामा वृद्धि भएको छ।
यस्तै, युरोपियन युरो १ को खरिददर १४८.२९ रुपैयाँ र बिक्रीदर १४८.९३ रुपैयाँ पुगेको छ, जुन हिजोको तुलनामा वृद्धि भएको हो। पाउन्ड स्ट्रलिङको खरिददर १७८.११ रुपैयाँ र बिक्रीदर १७८.८८ रुपैयाँ निर्धारण गरिएको छ।
तर, कुबेती दिनार र बहराइन दिनारको विनिमय दर घटेको छ। कुबेती दिनार १ को खरिददर ४४९.९६ रुपैयाँ र बिक्रीदर ४५१.९१ रुपैयाँ तोकिएको छ। बहराइन दिनारको खरिददर ३६८.३० रुपैयाँ र बिक्रीदर ३६९.८९ रुपैयाँ रहेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
विस्तृत तालिकामा हेर्नुस् :



