२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल राष्ट्र बैंकको नयाँ नीति: संस्थापक सेयर कारोबारमा कडाइ, पारदर्शिता सुनिश्चित

images

  • २०८१ फागुन २२, बिहीबार
  • 836
    SHARES
  • नेपाल राष्ट्र बैंकको नयाँ नीति: संस्थापक सेयर कारोबारमा कडाइ, पारदर्शिता सुनिश्चित

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका संस्थापक सेयर कारोबारलाई थप व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन गर्दै, संस्थापक सेयर खरिदबिक्री, नामसारी, हक हस्तान्तरण तथा पुँजी वृद्धिसम्बन्धी प्रक्रियामा कडाइ गरिएको छ। यसले सेयर कारोबारलाई पारदर्शी बनाउँदै अनधिकृत स्वामित्व परिवर्तन रोक्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

    नयाँ व्यवस्थाअनुसार, संस्थापक सेयरको खरिदबिक्री वा नामसारी गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति अनिवार्य हुनेछ। स्वीकृति प्राप्त गर्न सम्बन्धित संस्थाको सञ्चालक समितिको सिफारिस र अन्य सेयरधनीहरूको लिखित सहमति आवश्यक पर्नेछ। स्वीकृति प्राप्त गरेपछि सामान्य अवस्थामा पाँच वर्षसम्म संस्थापक सेयर किनबेच गर्न नपाइने व्यवस्था गरिएको छ।

    तर, केही विशेष परिस्थितिमा राष्ट्र बैंकको स्वीकृति लिएर सेयर कारोबार गर्न सकिनेछ। प्रविधि सुधार, पुँजी वृद्धि, वा दुई वा दुईभन्दा बढी संस्था गाभ्ने क्रममा नयाँ लगानीकर्ता थप्नुपर्ने अवस्थामा सेयर किनबेच गर्न अनुमति दिइनेछ। यस प्रक्रियामा सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन गरी सेयरको मूल्य निर्धारण गरिनुपर्नेछ।

    सेयर खरिद गर्ने व्यक्तिले विस्तृत व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्नेछ, जसमा नाम, ठेगाना, सम्पर्क नम्बर, कर चुक्ता प्रमाणपत्र, लगानी स्रोत खुलाउने कागजात तथा आपराधिक पृष्ठभूमि नभएको प्रमाण समावेश हुनेछ। यदि सेयर खरिद गर्ने पक्ष संस्था हो भने, कम्पनीको कानुनी प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण तथा अन्तिम हिताधिकारीको विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ