२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लक्ष्मी सनराइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

images

  • २०८१ फागुन २५, आइतबार
  • 1.0K
    SHARES
  • लक्ष्मी सनराइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

    काठमाडौँ : लक्ष्मी सनराइज बैंक लि को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि बिच सो कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मे.वा. क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

    सो आयोजनाको कुल लागत रु. ३९ अर्ब ५० करोड २४ लाख रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुण २७, २०७५ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै फागुण १७, २०७९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

    सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

    लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता रु. ९ अर्ब रहेको छ भने सह–अगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आइएमइ बैंकको रु. ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको रु. ५ अर्ब रहेको छ ।

    अन्य सहभागी बैंकहरु हिमालयन बैंकको रु. ३ अर्ब, नेपाल एस.बि.आइ. बैंकको रु. ३ अर्ब र एभरेष्ट बैंकको रु. २ अर्ब ५० करोड समेत गरी कूल प्रोजेक्ट फाइनान्स रु. २९ अर्ब ६२ करोड ६० लाख रहेको छ ।

    सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो स्वतन्त्र उर्जा उत्पादक मध्ये एकको रुपमा रहने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ