२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चैत १९ गतेदेखि दोर्दी खोला जलविद्युतले हकप्रद सेयर जारी गर्दै

images

  • २०८१ फागुन २६, सोमबार
  • 806
    SHARES
  • चैत १९ गतेदेखि दोर्दी खोला जलविद्युतले हकप्रद सेयर जारी गर्दै

    काठमाडौँ : दोर्दीखोला जलविद्युत कम्पनीले आगामी चैत १९ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु.१ सय अंकित दरका १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

    कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद निष्कासनका लागि गत माघ २२ गते स्वीकृति पाएको थियो । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

    यस्तै, सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ । साथै, लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, विराटनगर, विरेन्द्रनगर, धनगढी, लमजुङ, सानिमा क्यापिटलको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    हकप्रदबाट प्राप्त रकम विभिन्न बैंकको ऋण भुक्तानीका लागि लागि उपयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ