२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साना तथा मझौला उद्यम प्रवर्धनका लागि निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नी हायर पर्चेजबीच सम्झौता

images

  • २०८१ चैत १, शुक्रबार
  • 2.1K
    SHARES
  • साना तथा मझौला उद्यम प्रवर्धनका लागि निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नी हायर पर्चेजबीच सम्झौता

    काठमाडौँ : निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नी हायर पर्चेज प्राइभेट लिमिटेड बीच साना तथा मझौला उद्यम अन्तरगत यातायात सेवा सम्बन्धी व्यवसाय र कृषि कर्जा कार्यक्रम अन्तरगत कृषि औजार, यन्त्रमा प्रदान गरेको कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    यही फागुन २८ गते बुधबारका दिन सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र अग्नी हायर पर्चेजको तर्फबाट महाप्रबन्धक अरुणराज उपाध्यायले हस्ताक्षर गर्नु भएको थियो । उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र अग्नी हायर पर्चेजको कर्जा तथा असुली विभागको विभागीय प्रमुख प्रबन्धक विराटकाजी राउतको पनि उपस्थिति रहेको थियो ।

    यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै अग्नी हायर पर्चेजले स्वरोजगार तथा व्यवसाय प्रवद्धनका लागि यातायात खरिदमा प्रवाह गरेको अधिकतम तीन करोड साथै व्यवसायिक कृषि प्रवद्धनका लागि कृषि औजार तथा उपकरण खरिदमा प्रदान गरेको अधिकतम तीन करोड सम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

    कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असुल हुन नसकेमा अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले अधिकतम असी प्रतिशतसम्म भुक्तानी दिनेछ । यस सम्झौता भएसँगै कोषले आफ्नो व्यवसाय विस्तारलाई नयाँ सिराबाट अगाडी बढाएको छ । 

    यसले हायर पर्चेज कम्पनी लिमिटेड समेत अन्य बैंक तथा वित्तीय संस्थाहरु जस्तै व्यवसाय विस्तारमा उत्प्रेरित हुने साथै कृषि तथा यातायात क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विकास गर्न चाहने युवा उद्यमीले सहज रुपमा कर्जा प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छुट्टै शीर्षक वा उपशीर्षक अन्तरगतको कर्जा सुरक्षण गर्नसक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ