२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

४५ लाखले गरे पुष्प मेलामा अवलोकन,१ करोड १७ लाखको कारोबार

images

  • २०८० कात्तिक २०, सोमबार
  • 976
    SHARES
  • ४५ लाखले गरे पुष्प मेलामा अवलोकन,१ करोड १७ लाखको कारोबार

    कात्तिक २०, काठमाडौं : ललितपुरको जावलाखेलमा गत मंगलबारदेखि जारी गोदावरी फूल मेला आइतबार सकिएको छ। पुष्प मेलामा एक करोड १७ लाखको कारोबार भएको छ। एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ।  

    फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए। सत्तरी वटा बिक्री कक्ष रहेको उक्त मेलामा बिक्री भएका फूलमध्ये ५० प्रतिशत गोदावरी फूल बिक्री भएको थियो। मेलामा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचना मूलक ५ गरी ७० वटा स्टल रहेका छन्।


    पूर्व बडा महारानी कोमल राज्यलक्ष्मी शाहस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सांसद् डा तोशिमा कार्की, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत लगायतले मेला अवलोकन गर्नुभएको थियो। एशोसिएशनले नेपाली पुष्प व्यवसाहीको उत्पादनलाई प्रोत्साहन एवम् प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथै तिहारलाई लक्ष्य गरेर मेला आयोजना गरेको जनाएको छ।  

    पछिल्लो समय काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङ लगायत ४८ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका बताइएको छ।  

    मेलाको अन्तिम दिन पनि सर्वसाधारण तथा फूल पारखीहरुको बाक्लो उपस्थिति रहेको थियो।


    मेलामा प्रवेश शुल्कबाट उठेको रकम भूकम्प पीडितला
        
    आयोजक संस्थाले हिजो एक दिन मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम गत शुक्रबार राति जाजगरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितका लागि सहयोग गर्ने जनाएको छ। सुरुमा पाँच दिनका लागि भनेर सुरु गरिएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै आजसम्म सञ्चालन गरिएको र उक्त रकम भूकम्पीडितलाई सहयोग गर्ने बताइएको छ।   

    एशोसिएशनले भनेको छ, “आइतबारको मेलाको टीकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रका भूकम्प पीडितको सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने छ।”  रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने  नाराका साथ गत मङ्गलबारदेखि सुरु भएको १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार नै सकिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ