काठमाडौँ : साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। जबकि आइतबार सोही सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ थियो।
तर, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज पनि चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमै कारोबार भइरहेको छ। जुन अघिल्लो कारोबार दिनको मूल्यसँग समान हो।
त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य १ लाख ४८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा रहेको छ।



