२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक संघबीच बीमा सेवा सम्झौता

images

  • २०८१ चैत १३, बुधबार
  • 1.6K
    SHARES
  • सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक संघबीच बीमा सेवा सम्झौता

    काठमाडौँ : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो । उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक कविराज पौडेल तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहनसिंह साउदले हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछाने लगायत सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट पदाधिकारी तथा यातायात व्यवसायीहरुको उपस्थिति थियो ।

    सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा आवद्ध सवारी साधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दावी परेमा बीमा कम्पनीले दावी भुक्तानी प्रकृयालाई थप सरल, सहज तथा शिघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ