२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सरकारद्वारा नागरिक एप निर्देशिका २०७८ खारेज, नयाँ विधेयक संसदमा पेस हुने

images

  • २०८१ चैत २७, बुधबार
  • 1.1K
    SHARES
  • सरकारद्वारा नागरिक एप निर्देशिका २०७८ खारेज, नयाँ विधेयक संसदमा पेस हुने

    काठमाडौँ : सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ। मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन्।

    त्यस्तै मन्त्रिपरिषद् बैठकले वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ।


    मन्त्रिपरिषद्का निर्णय सुनाउँदै प्रवक्ता गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए।

    त्यस्तै, बैठकले नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। त्यस्तै, बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहनकुमार तामाङलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले बताए।

    प्रवक्ता गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले गृहकार्य गरिरहेको भन्दै चाँडै नियुक्त हुने बताए। नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न गृहकार्य समेत भइरहेको अवस्थामा गभर्नर नियुक्तिको ढिलाइले कुनै असर नपर्ने उनले बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ