२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान

images

  • २०८२ वैशाख २, मंगलबार
  • 1.5K
    SHARES
  • सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान

    काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि प्रशंसनिय कार्य गर्दै आएको संस्था रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेकोे छ।

    दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुर्नस्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सीप, शिक्षा, काउन्सेलिङ, कानूनी सहयोग, आत्मरक्षा र आत्मजागरूकता मार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ।


    बैंकले एक समारोहका बीच रक्षा नेपाललाई सामाग्रीहरु हस्तान्तरण गरेको हो । बैंकको यो सहयोगप्रति धन्यबाद ज्ञापन गर्दै उहाँहरुले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारको लागि कार्यहरु गर्दै जान हौसला मिलेको कुरा बताउनुभयो। समाजमा उल्लेखनीय मानवीय  कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको संचालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ।

    आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ।

    विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ