२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज विश्व सम्पदा दिवस विविध कार्यक्रमसहित मनाइँदै

images

  • २०८२ वैशाख ५, शुक्रबार
  • 721
    SHARES
  • आज विश्व सम्पदा दिवस विविध कार्यक्रमसहित मनाइँदै

    काठमाडौँ : आज १८ अप्रिल, विश्व सम्पदा दिवस नेपाल लगायत विश्वभर विविध कार्यक्रमसहित मनाइँदैछ। सम्पदाको संरक्षण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो।

    नेपालका लुम्बिनी, सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज तथा काठमाडौँ उपत्यकाभित्रका दरबार क्षेत्र, पशुपतिनाथ, बौद्ध, स्वयम्भू र चाँगुनारायण युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छन्।

    दिवसको अवसरमा आज काठमाडौँमा सम्पदा पदयात्रा आयोजना गरिएको छ। स्वयम्भूको भुइँखेलबाट सुरु भएको पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा समापन हुने जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, विभिन्न सांस्कृतिक संस्था र व्यक्तित्वहरूको सहभागिता रहेको पदयात्राको आयोजना पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, नेपाल सम्पदा संघलगायत संस्थाहरूले गरेका हुन्।

    यसैबीच, पुरातत्व विभागले सम्पदाको सुरक्षा सुनिश्चित गर्न ‘सम्पदा प्रभाव मूल्याङ्कन’ प्रणाली कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार निर्माणका क्रममा सम्पदामा पर्न सक्ने प्रभाव मूल्याङ्कन गर्ने कार्यविधि दुई वर्षअघि स्वीकृत गरिएको हो। वातावरणीय प्रभाव मूल्याङ्कन जस्तै अब सम्पदास्थल वरिपरि हुने विकास निर्माण कार्यहरूमा सम्पदासम्बन्धी विशेष मूल्याङ्कन रिपोर्ट पेश गर्नु अनिवार्य गरिएको छ।

    सम्बन्धित ऐन संशोधनको प्रक्रिया अघि बढिरहेको भए पनि मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि कार्यान्वयनमा ल्याइएको पुरातत्व विभागले जनाएको छ। विभागले तालिमप्राप्त जनशक्तिको प्रयोगबाट सम्पदा प्रभाव मूल्याङ्कन प्रक्रिया पनि सुरु गरिसकेको छ।

    सम्पदा संरक्षणका लागि नीति तथा कार्यान्वयन दुबै पक्ष सशक्त बनाउन विश्व सम्पदा दिवस एउटा महत्वपूर्ण अवसर बन्न थालेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ