२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता

images

  • २०८२ वैशाख १२, शुक्रबार
  • 1.4K
    SHARES
  • माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता

    काठमाडौँ : विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यसहित माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ।

    २०८२ साल वैशाख ११ गते, बिहीबार कुवेतको होटल मिलेनियम साल्मियामा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के.सी.को विशेष उपस्थिति रहेको थियो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रवन्धक श्री Hugh Fernandes ले हस्ताक्षर गरेका थिए।

    कुवेतस्थित नेपाली राजदूतावासका लागि कार्यवाहक राजदूत सुजनी राणा प्रमुख अतिथिका रूपमा सहभागी भइ उक्त सम्झौतामा आफ्नो उपस्थितिबाट कार्यक्रमलाई गौरवमय बनाइन्। साथै, गैर आवासीय नेपाली संघ (NRNA) कुवेतका अध्यक्ष रणध्वज लामा, संघका अन्य प्रतिनिधिहरू, नेपाली समाजका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा कुवेतमा कार्यरत नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

    सोही अवसरमा माछापुच्छ्रे बैंकले आफ्नो आधिकारिक कभर गीत पनि सार्वजनिक गरेको थियो। बैंकले यस सहकार्यमार्फत कुवेतमा कार्यरत नेपालीहरूलाई सहज र सुरक्षित माध्यमबाट रेमिट्यान्स पठाउन सक्ने वातावरण बनाउने लक्ष्य राखेको जनाएको छ। बैंकले विश्वास व्यक्त गरेको छ कि यस सम्झौताले नेपालमा रेमिट्यान्स प्रवाहलाई थप गति प्रदान गर्नेछ र ग्राहकहरूको विश्वास जित्न सफल हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ