काठमाडौँ : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर आवेदनको समयसीमा आज वैशाख १४ गते सकिँदैछ। कम्पनीले चैत १९ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन छुट भएका शेयरधनीलाई आज बैंकिङ समयभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। फागुन १३ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका शेयरधनीले आवेदन दिन सक्नेछन्।
कम्पनीले हालको चुक्तापुँजीको १०० प्रतिशतका दरले, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर जारी गरेको हो। यसअनुसार, कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता शेयर निष्कासन गरेको छ, जसको कुल रकम १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबर हुन्छ
शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले सानिमा क्यापिटलसहित सानिमा बैंकका विराटनगर, वीरगन्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको तोकिएका शाखा तथा सीडीएससीको मेरो शेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।



