२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ निक्षेप संकलन तान्दै, आज दिउँसो बोलकबोल 

images

  • २०८२ वैशाख १७, बुधबार
  • 661
    SHARES
  • राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ निक्षेप संकलन तान्दै, आज दिउँसो बोलकबोल 

    काठमाडौँ : बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

    केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन पाउने यस प्रक्रियामा न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणानुपातमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

    बोलकबोल बहुब्याजदर प्रणालीमा हुने र सहभागी संस्थाहरुले विभिन्न दरमा प्रस्ताव गर्न सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। २१ दिने अवधि रहने यस निक्षेप संकलन उपकरणको साँवा र ब्याज जेठ ७ गते भुक्तानी गरिनेछ।

    हाल बैंकिङ प्रणालीमा कर्जाको माग कम भएकाले तरलता प्रशस्त देखिएको छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरु न्यून ब्याजदरमै राष्ट्र बैंकलाई पैसा राख्न बाध्य छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ