काठमाडौं : नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेर १ लाख ८८ हजार १ सय रूपैयाँमा कायम भएको छ।
यसअघि हिजो मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रूपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ९ सय ६५ रूपैयाँमा झरेको महासंघले जनाएको छ।



