२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चिकित्सक संघ र सरकारबीच सहमति, आन्दोलन स्थगन

images

  • २०८२ वैशाख २१, आइतबार
  • 1.6K
    SHARES
  • चिकित्सक संघ र सरकारबीच सहमति, आन्दोलन स्थगन

    काठमाडौँ : सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ।

    शनिबार स्वास्थ्यमन्त्री प्रदीप पौडेल र आन्दोलनरत पक्षबीच भएको छलफलमा चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वयन गर्ने सहमति भएको हो । चिकित्सक संघका महासचिव डा‍ सञ्जीव तिवारीले आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता आएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको बताए ।

    त्यस्तै अतिरिक्त सेवा सुविधा, बिदा लगायतका विषयमा कार्यदल गठन गरेर १५ दिनभित्र सेवा सुविधा निर्धारण गर्ने सहमति भएको उनले बताए। सरकारको प्रतिबद्धता आएसँगै आफूहरूले सम्पूर्ण स्थगित गरिएको उनले बताए ।

    त्यस्तै स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा भीम प्रसाद सापकोटाले आन्दोलनरत पक्षसँग निरन्तर छलफलपछि सहमति भएको र चिकित्सकहरू आन्दोलनमा फर्कने वातावरण तयार भएको बताए ।

    यसअघि बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह स्वास्थ्य सेवाको आठौँ तह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै चिकित्सक आन्दोलनमा थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ