२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईएमई लाइफ इन्स्योरेन्सको ३६ करोड नाफा, प्रतिशेयर आम्दानी भने घट्यो

images

  • २०८२ वैशाख २१, आइतबार
  • 691
    SHARES
  • आईएमई लाइफ इन्स्योरेन्सको ३६ करोड नाफा, प्रतिशेयर आम्दानी भने घट्यो

    काठमाडौँ :  आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो । गत आवमा कम्पनीको मुनाफा ३३ करोड १५ लाख रुपैयाँ थियो ।

    समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १५.६५ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ३३ लाख छ भने कुल आम्दानी १७.१४ प्रतिशत बढेर ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

    नाफा बढे पनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ । चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १.२८ रुपैयाँले घटेर ९.७७ रुपियाँमा सीमित भएको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४७.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२.६७ रुपियाँ रहेको छ ।

    ५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ