२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिटिजन्स बैंक र म्यान बीच एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने पुरस्कार स्थापना गर्ने सहमति

images

  • २०८२ वैशाख २६, शुक्रबार
  • 1.5K
    SHARES
  • सिटिजन्स बैंक र म्यान बीच एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने पुरस्कार स्थापना गर्ने सहमति

    काठमाडौँ : सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले :ब्ल्–ऋष्तष्शभलक ब्कउष्चष्लन :बलबनभच ब्धबचम को स्थापना गर्ने सहमति भएको छ ।

    आज म्यानको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र म्यानका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरे । यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबिएमा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने छ ।

    पुरस्कारको रकम रु ५१ हजार रुपैयाँ हुनेछ । सिटिजन्स बैंक यस पुरस्कारको प्रायोजक हुनेछ र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने छ ।

    सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका पदाधिकारीको समिति गठन गरि उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ र पुरस्कार हरेक वर्ष माघ महिनामा म्यानको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने छ । बैंकको यो कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।

    सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सयवटा शाखा, १ सय ६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ