२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसबिआई बैंक र क्लियरिङ हाउसबीच नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

images

  • २०८२ जेठ २७, मंगलबार
  • 431
    SHARES
  • एसबिआई बैंक र क्लियरिङ हाउसबीच नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

    काठमाडौँ : नेपाल एसबिआई बैंकले एनपीएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

    उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

    सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । यस सम्झौतासँगै बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपालपे’ कार्ड जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्वीच एकीकृत गर्न सक्नेछ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ