२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको नयाँ कीर्तिमान : एकैदिन १७ सय रुपैयाँले बढ्यो

images

  • २०८२ भदौ १६, सोमबार
  • 1.1K
    SHARES
  • सुनको नयाँ कीर्तिमान : एकैदिन १७ सय रुपैयाँले बढ्यो

    काठमाडौँ : स्थानीय बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ७ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।अघिल्लो दिनपनि सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ