काठमाडौँ : यस अघिका दुई कारोबार दिनमा गिरावट देखिए पनि आज सोमबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.०३ अंकले बढेर २७६२.७४ विन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स ३.७४ अंक, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्समा पनि क्रमशः १.१८ र १.४८ अंकको वृद्धि भएको छ। आज १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेका छन् तथा २ उपसमूहको परिसूचक घटेका छन्।
यस्तै, आज बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशतले बढेको छ भने व्यापार उपसमूहको परिसूचकमा १.१५ प्रतिशतको घटेका छ। साथै, आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। हिजो आइतबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३२६ कम्पनीको ६८ हजार ७ सय ७५ पटकको कारोबारमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४० हजार कित्ता शेयर कारोबार भएको छ।
यस्तै, आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीले शीर्ष स्थानमा २८ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एभरेष्ट बैंकले करिब २४ करोड ५० लाख रुपैयाँ तथा हिमालयन डिष्टिलरीको करिब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



