काठमाडौँ : गरिमा विकास बैंक लिमिटेड दक्षिण एशियाकै प्रतिष्ठित अवार्ड इमर्जिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डबाट सम्मानित भएको छ। इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।
अगस्ट २९, २०२५ मा इण्डियन चेम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेस्रो इमर्जिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंक ‘द बेस्ट बैंक र बेस्ट एआईरएमएल इम्प्लिमेन्टेशन विधामा उत्कृष्ट सहित बेस्ट एएसएमई एक्सलेरेशन विधामा रनरअपको अवार्ड प्राप्त गरेको हो।
यो अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यान्मा र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरू सहभागी थिए। उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका हुन्।
इण्डियन चेम्बर अफ कमर्शद्वारा सन् २०२४ मा आयोजित अवार्डमा विकास बैंकले द बेस्ट बैंक र बेस्ट एआईरएमएल इम्प्लिटेशन स् बेस्ट आसेट्स म्यानेजमेन्ट विधामा रनर(अपको अवार्ड प्राप्त गरेको थियो।



