काठमाडौँ : सागर डिस्टिलरी लिमिटेडद्वारा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ २५ गतेदेखि खुल्ने आईपीओ निष्काशन गर्ने लागेको हो। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ । अब सर्वसाधारणका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर बिक्री गरिनेछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म म्याद थप गरिनेछ ।
मुक्तिनाथ क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
यसअघि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको थियो, जसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ ।



