काठमाडौं : काठमाडौँबाट गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा जाँदै गरेको रात्रि बस दुर्घटना भएका छन्। दुर्घटना हुँदा २१ जना
काठमाडौंबाट गोरखा जाँदै गरेको रात्रि बस भीमसेन थापा गाउँपालिका–३ मा बा ०१–००६ ख ४१३१ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा २१ जना घाइते भएको गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो।
गोरखा दरौदी यातायात सेवा प्रालिको बस आज बिहान पौने ६ बजे दुर्घटना भएको ज प्रहरीले जनाएको छ । घाइतेमध्ये ३–४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



