२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा दोहोरो अंकको गिरावट: कारोबार रकममा पनि खुम्चियो

images

  • २०८२ भदौ १७, मंगलबार
  • 521
    SHARES
  • नेप्सेमा दोहोरो अंकको गिरावट: कारोबार रकममा पनि खुम्चियो

    काठमाडौँ : आज मंगलबार सेयर बजारमा गिरावट आएको छ। हिजो सोमबार बढेको नेप्से आज १९.८९ अंकले घटेर २७४१.४७ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स २.६९ अंकतथा फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंकले घटेको छ।

    यस्तै, आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा २२ करोड ७० लाख रुपैयाँ तथा हिमालयन रि इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढी र यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ कारोबार भएको छ। 

    साथै, आज कारोबार रकममा पनि गिरावट देखिएको छ। हिजो सोमबार ५ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय २३ कम्पनीको ८९ हजार ७ सय ७५ कारोबारबाट ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ।

    यस्तै, आज १३ वटै उपसमूहको परिसूचक घटेको छ जसमा व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले घटेको छ। आज हिम स्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ७.४७ प्रतिशतले घटेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ