२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा पुनः गिरावट, कारोबार रकममा सुधार

images

  • २०८२ भदौ १८, बुधबार
  • 986
    SHARES
  • नेप्सेमा पुनः गिरावट, कारोबार रकममा सुधार

    काठमाडौँ : आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पुनः गिरावटसहित बन्द भएको छ। आज नेप्से १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स २.७४ अंक, फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले घटेका छन्।

    हिजो मंगलबार ४ अर्ब ४३ करोड  रुपैयाँको कारोबार भएकोमा आज ३ सय २६ कम्पनीको ६८ हजार ५ सय ९४ पटक कारोबारबाट ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ४५ हजारकित्ता सेयर किनबेच भएको छ।
     
    आज पनि हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ६.९९ प्रतिशतले घटेको छ। 

    कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहँदा लिबर्टी इनर्जी र नेपाल पुनर्बीमा कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ