२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चाडपर्वका लागि राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण गर्दै

images

  • २०८२ भदौ २९, आइतबार
  • 826
    SHARES
  • चाडपर्वका लागि राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण गर्दै

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले आसन्न चाडपर्वहरूलाई लक्षित गर्दै आजदेखि सुकिला नोटहरू बजारमा पठाएको छ। यस वर्ष पनि नयाँ नोट निष्कासन नगर्ने निर्णय गरेको केन्द्रीय बैंकले सर्वसाधारणको सुविधाका लागि सुकिला नोट वितरण सुरु गरेको हो।

    राष्ट्र बैंकले गत वर्षदेखि नै दशैंको समयमा नयाँ नोट वितरण नगर्ने नीति लिएको छ। चाडपर्वमा नयाँ नोटको अत्यधिक प्रयोगले नोटहरू चाँडै फोहोर हुने र छिट्टै पुरानो हुने भएकाले यो नीति अपनाइएको राष्ट्र बैंकले जनाएको छ।

    कहाँबाट साट्न सकिन्छ सुकिला नोट?

    इच्छुक व्यक्तिहरूले आजदेखि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीबाट सुकिला नोट साट्न सक्नेछन्। यस्तै, प्रदेशस्तरीय कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट पनि नोट प्राप्त गर्न सकिनेछ।

    यीबाहेक, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूका विभिन्न शाखा कार्यालयहरूबाट पनि सुकिला नोट साट्न सकिने व्यवस्था मिलाइएको छ।

    कतिसम्म नोट साट्न पाइनेछ?

    राष्ट्र बैंकका अनुसार एक जना व्यक्तिले अधिकतम १८ हजार ५ सय रुपैयाँसम्मका सुकिला नोट साट्न पाउनेछन्। यसमा ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोटहरू समावेश हुनेछन्।

    चाडपर्वको बेला हुने नोटको मागलाई पूरा गर्न र स्वच्छ नोटको उपलब्धता सुनिश्चित गर्न राष्ट्र बैंकले यो कदम चालेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ